top of page

यि अक्षरबाट नाम गरेकाले अरुलाई धोका दिन्छन्, तपाईंले चिनेका मानिस कस्ता ?

  • Writer: Astro Simara
    Astro Simara
  • Oct 11, 2017
  • 3 min read

तपाईंलाई आफ्नो नाम पक्कै पनि राम्रो लाग्छ होला ? आफ्नो नामको अगाडिको अक्षरबाट स्वभाव थाहा हुन्छ भन्ने थाहा छ ? थाहा पाउनु भएको छैन भने हेर्नुहोस् कुन अक्षरबाट शुरु भएका नामको मानिसको स्वभाव कस्तो हुन्छ ?

ज्योतिष शास्त्र अनुसार मानिसको जन्मदाको समय, नक्षत्र, योग, करण आदीका आधारमा नाम जुर्छ । जस अनुसार तपाईको स्वभाव बनेको हुन्छ ।

हेरौं राशी अनुसार नामका अक्षर र ती पहिलो अक्षर भएका मानिसहरुको स्वभाव कस्तो हुन्छ ?

चु चे चो ला : यी अक्षरबाट नाम भएका मानिसहरु राजकाजी, तेजश्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान, चतुर, धनी, पशुबिशेषज्ञ , ब्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा पाउने, चरित्रवान र केही हदसम्म रिसाहा हुन्छन् ।

लि लु ले लोः ईश्वरभक्त, स्वार्थी, चतुर, सत्यबादी, बिजय गर्ने, निरोगी, भाग्यवादी, धनी, धेरै स्वाद रुचाउने, प्रयाशी, धेरै बिचार गर्ने, अस्थीर बुद्धि

अ इ उ ए : पाप धर्मको वास्ता नगर्ने, तेजश्वी, अधिक खाने, थोरै बोल्ने, आशाबादी, असल ब्यक्तित्व, क्रोधी, मुद्दा मामिला परिरहने,कामुक

ओ बा बि बु : पितृभक्त, दाता, गुणको कदर गर्ने, पवित्र भावना, सभ्य, मधुरभाषी, दृढ, प्रतीज्ञ, तीब्र स्मरणशक्ति, बौद्धिक कार्यमा अग्रसर, सदैव कार्यमा तत्पर रहने ।

बे बो क कौ : धैर्यशील, कुशलबक्ता, प्रेमी, उत्साही, सौम्य, प्रकृति, कोमल स्वभाव, बिबेकी, केही स्वार्थी, अभिमानी, धर्मात्मा, भावुक, भ्रमणशील, सामान्य धनी, चञ्चल, बिद्धान, बिदेशबाट लाभ, देशभक्त ।

कु ध छ : पापात्मासंग संगत नगर्ने, क्रोधी, शेखी गर्ने, ब्यभिचारी, नाशवान, धन उडाउने, चञ्चल प्रकृति, बलवान, सार्वजनिक काममा शक्ति खर्चने ।

के को ह ही : सुखी, सुशील, सन्तोषी, राजभक्त, तान्त्रिक बिचार भएको , परम्परावादी, प्राय रोगी, धेरै पानी पिउने, धार्मिक, स्वार्थी, मातृभक्त, पितृसेवक, परदेशबाट धम कमाउने ।

हु हे हो हाः कार्य कौशल, बुद्धिमान, दाता, ब्यापार रुचाउने, सत्यबक्ता, नेतृत्व गुण, शान्त स्वभाव, चतुर, ईश्वरभक्त, राजाबाट मान पाउने, दयालु, शासन ब्यबस्थामा संलग्न रहने ।

डि डु डे डो : छल बिद्या जान्ने, मुर्खतापूर्ण काम गर्ने, केही धुर्त, क्रोधी, स्त्री स्वभाव, अविश्वासी, दुराचारी, झुठ बोल्ने ।

म मी मु मे : भोगी, सत्यबादी, पितृभक्त, बिद्धान, अल्पशक्ति, योजनामा सफल, धनी उद्यमी, महिला सौन्दर्यमा रहने, धार्मिक, अभिमानी, शान्त, साहसी, अरुको डाहा गर्ने,झगडालु, गम्भीर तर क्रोधी ।

मो टा टी टु : पुण्यवान, दानबीर, भ्रमणशील, चञ्चल, त्यागी, स्त्रीवंश, नृत्यप्रेमी, असल काम गर्ने, स्थिर, मुद्दा मामिलामा समय खर्च गर्ने, आशाबादी, रोगी, गुप्त दुराचार गर्ने ।

टे टो प पी : लोकप्रिय, शिक्षा शास्त्री, ज्योतिषप्रेमी, अभिनेता, बुद्धिमान, अधिक सन्तान जन्माउन रुचाउने, मधुरभाषी, पत्नीसंग बेमेल ।

पु प ण ठ ः निर्दयी, अविश्वासी, भ्रमणशील, निडर, शान्त, क्रोधी, बिज्ञानबादी, प्रभावशाली, झुठको खेती गर्ने, बिद्रोही स्वभाव, लक्ष्य साधक, राज्य सखी, आध्यात्मिक, शत्रुनाशक ।

पे पो रा री ः दयालु, पराक्रमी, ब्यबसायी स्वभाव, लजालु, कलापारखी, अभ्यासी, महेनती, दक्ष, रिसाहा, स्त्री प्रेमी, लामो आयु ।

रु रे रा ता ः शुभ, बिद्धताको कदर गर्ने, नियन्त्रक, धर्मात्मा, नेतृत्व गुणले भरिपुर्ण, प्रियभाषी, सत्यबादी, राज्यद्धा

र मान प्राप्ती गर्ने, संधै प्रसन्न , धनी, स्वतन्त्र बिचार, हठी, तीब्र बिचार शक्तिले युक्त ।

ती तु ते तो ः लोभी, कामुक, घमण्डी, क्रोधी अरुलाई दुख दिने, कलहप्रिय, ब्यबसायिक, बुद्धि, असत्यभाषी, स्त्रीको बशमा रहने, सुन्दर मुहार, प्रभावशाली ब्यक्तित्व, शक्तियुक्त । ना नी नु ने ः सानैदेखि आत्मनिर्भर, भ्रमणशील, सुखी, शक्तिशाली, मान प्राप्ती, हास्य प्रिय, छली स्वभावको, स्वार्थी, क्लेश सहने ।

नो या यी यु ः सन्तोषी, धार्मिक, न्यायी। स्त्री अशक्त, षडयन्त्रकारी, बनावटी, नाटककार, सुख देखाउने, सर्वेक्षणकारी, सस्तो लोकप्रियता कमाउने स्वभावको, दयालु, दानबीर ।

भू ध फा ढा ः श्रेष्ठ, मित्रयुक्त, स्वाभिमानी, उपकारी, बिरोधीबाट डराउने,निरन्तर प्रगति गर्ने, प्रेमी, ईश्वरभक्त, क्रोधी, लोभी, अरुको इश्र्या गर्ने ।

भे भो ज जी ः धार्मिक, बहुमित्र, कृतज्ञ, कुसंगतमा लाग्ने, बिद्धानको कदर गर्ने, सर्व्प्रिय बन्न चाहने, बिनीत, शान्त स्वभाव, दृढ सकल्पमा रहने, लजालु, निर्दयी ।

दु थ झ गृः कम बोल्ने, निरर्थक, कम कुरा गर्ने, साहसी, भावपूर्ण, कामुक, धनी, पापी, डाहा प्रवृतीको, कमजोर ।

दे दो च चीः सदाचारी, बिद्धान, साहसी, निरंकुश, लोकप्रिय, निष्ठावान, श्रद्धालु भक्तजन, निर्दयी, क्षमावान, पत्नीभक्त, बिद्धान ।

जु जे जो खा ः सन्तोषी, तीब्र स्वभावको, भाषण शक्ति भएको, उदार, लेखन शक्तियुक्त, लोकप्रिय, बिद्धतापूर्ण, धनी उच्चपदासिन, धार्मिक ।

खी खु खे खो ः परोपकारी, सद्बिबेकी, भाषण शक्ति भएको, उदार लेखन, शक्तिलेयुक्त, लोकप्रिय, बिद्धतापूर्ण, धनी उच्च पदमा रहने, क्रोधी, रिसाहा, घमण्डी ।

गा गी गु गे ः धनवान, संगीतप्रेमी, ठूलो परिवारको, प्रशिद्ध, उदार, रति , पिपासु, पत्नीद्धारा बिरोध, लोभी ।

गो सा सि सु ः सत्यभाषी, साहसी, शान्त स्वभाव, अबिबेकी, निर्दयी, कठोर, कामुक, घमण्डी, कर्तब्यनिष्ठ, मेहेनती, इश्र्यालु ।

से सो सा दी ः चतुर, धनी, लोभी, स्त्रीलाई धोका दिने, निर्लज्ज, धुर्त, भीरु, कमजोर, पापी, अज्ञात, शत्रुबाट डराउने । धोकेबाज, माता पितालाई आदर नगर्ने ।


Comments


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page