top of page

म त आधुनिक नारी, महिनावारी बार्दिन प्रसंग महिनावारीको।

  • Writer: Astro Simara
    Astro Simara
  • Oct 8, 2017
  • 3 min read

आजकल आफुले आफुलाई कथित ज्ञानी भन्ने केही युवतीले अज्ञानताबश कथित आधुनिकताको नाममा "मैले त महिनावारी बार्न छोड़े नी" भनि बडो गर्वका साथ घोषणा गर्न थालेछन। इन्द्रिय तृप्ति नै मनुष्यको अंतिम लक्ष्य भएको आधारभूत शिद्धांतमा बिकाशित भएको पश्चिमेली ज्ञानले लतपतिएको युवतीको सोचाई अरु के नै हुन सक्ला र?

सनातन धर्म शास्त्रानुशार हाम्रो यस ब्रह्मांडमा ८४ लाख योनिहरूमध्ये मनुष्य योनिहरूको प्रकार मात्र चारलाख प्रजातिका छन। आदिवासी-जंगली, म्लेच्छ, निषाद, यवन, चाण्डाल आदि विभिन्न तल्ला मनुष्य योनिहरू हुन भने भारत वर्षमा सनातन धर्मको छत्र-छाँयामा रहेका मनुष्य योनिहरू शूद्र, वैश्य, क्षेत्रिय र ब्राह्मण एक पछि अर्को क्रमशः सबैभंदा श्रेष्ठ योनिहरू हुन। यी योनिहरू मनुष्यका मानवीय गुण र कर्म अनुसार निर्धारण हुंछन अर्थात तल्लो योनिमा रहेको मनुष्य आफ्नो गुण/कर्म अनुशार ब्राह्मण बन्न सक्छ भने ब्राह्मण गिरेर चाण्डाल(कुकुरको मासु खाने) पनि बन्न सक्छ। जसरी ठूलो पदमा रहेको व्यक्तिको जिम्मेवारी र दायित्व पनि अधिक हुंछ त्यसैगरी सनातन धर्मी उत्कृष्ठ योनि ब्राह्मण/क्षेत्रिय/बैश्य/शूद्र को पदमा त्यसै बस्न पाइदैन, बैदिक शास्त्रीय नीति-निर्देशनको पालना गर्नुपर्नेछ। के प्रधानमंत्रीको पदमा बसेको व्यक्तिले "त्यो फलाना भट्टीमा जाँड खान जान्छ भने म किन नपाउने?" भनेर बहस गरेको सुहाउँछ? पक्कै पनि प्रधानमंत्री पदमा बसेको व्यक्तिको आफनै मर्यादा हुंछ त्यसैगरी सनातन धर्मी महिला भएपछि उनको बेग्लै आचरण हुंछ, मर्यादा हुंछ। के कुकुर्नीले महिनावारी बार्छे, के बिरालीले महिनावारी बार्छे, के त्यो म्लेच्छ(गाईको मासु खाने) स्त्रीले बार्छे? के त्यो चाण्डालनी(कुकुरको मासु खाने)ले बार्छे?के तपाईले सनातन धर्मको मनुष्यको सर्वश्रेष्ठ पदमा बसेर मलाई पनि कुकुरनी जस्तै बन्न मन लाग्यो भनेको हो? के तपाईले सनातन धर्मको मनुष्यको सर्वश्रेष्ठ पद(ब्राह्मण/क्षेत्रिय/वैश्य/शूद्र)मा बसेर म्लेच्छ, यवन, चाण्डालनी जस्तो गर्न पाइन भनेर भन्न खोज्नु भएको हो?.... अवश्य पाउनुहुंछ, मनुष्य योनि नै कर्म योनि भएकोले कर्म गर्न श्रीकृष्णले सबै मनुष्यलाई छूट त दिनुभएको नै छ तर याद राख्नुहोस कर्म गर्न छूट भएता पनि फलमा भने तपाई परतंत्र हुनुहुंछ। जसरी प्रधानमंत्री पदमा आशिन अज्ञानी व्यक्ति "म पनि भट्टीमा जाड ख़ान पाउनु पर्छ" भन्दै पदीय आचरण भूलेर जसै भट्टी छिर्छ, स्वतःआफ्नो पद गुमाउछ त्यसैगरी सनातन धर्मले तपाईलाई गुण-कर्मानुशार दिएको उत्कृष्ठ पद कायम राख्न तदअनुरूपको आचरण तपाईले अनिवार्य गर्नै पर्दछ नत्र गुण-कर्मानुशार रहेको मनुष्य योनिको तल्लो योनिमा तपाईको स्वतः अवमुल्यन भयो। याद राखनुहोस, सनातन धर्मी नारी भोग्या नभएर अनन्यताकी प्रतिक अर्धाङ्गिनी हुन, यज्ञमा पत्नी हुन र धर्मकर्ममा सह-धर्मिणी हुन। स्त्री घरकी मलिक्नी हुन भने पुरुष बाहिरका मालिक हुन, स्त्री र पुरुष मिलेर मात्र सच्चा घर बंदछ अन्यथा यो कुटी मात्र बंदछ। शारीरिक दृष्टिले स्त्री सदा निराश्रया हुन्छे तर हृदयको दृष्टिबाट ऊ पिता, पति र पुत्रको पनि आश्रय स्वरुप हुन्छे। स्त्री स्नेहको मुर्ति, प्रेमको अवतार र बात्सल्यको प्रतिमा हो, ऊ घरकी रानी हो, उसको प्रताप कुनै शारीरिक शक्तिले होइन अपितु प्रेम शक्ति, हृदय शक्ति र सेवा शक्तिले भएको हो। सृष्टिका आदि स्रोत हुन नारी, नारी सृष्टि सिर्जनामा पुरुषका पूरक हुन। सृष्टि सिर्जनमा पुरुषको अंश बीज रुपमा रहेको छ भने नारी उर्बरा-श्यामला भूको रुपमा रहेकी छ। नारीको पर्यायबाची नै सृष्टि हो भने सृष्टि नै महिनावारी हो। महिनावारी नहोस त सृष्टि रोकियोस। महिनावारीको समयमा बिशेष गरी तीन प्रक्रिया भैरहेको हुंछ:

क) सृष्टिको सुभारंभ भै रहेको हुंछ। नया अंडाको स्थापना भैरहेको हुंछ।

ख) शुद्धताको लागि पुरानो अंडा सहित विकारहरूको निष्काशन भैरहेको हुंछ।

ग) यस्तो सृष्टिको अति महत्वपूर्ण प्रक्रियामा शरीरमा देवताहरू व्यस्त हुदा नारी लस्त/थकित हुंछे।

कुनै वस्तुलाई यदि स्पर्श गरिदैन भने की त अति आदरले गरिदैन की त अति अनादरले। महिनावारीको समयमा सृष्टिको अति महत्वपूर्ण प्रक्रिया शरीरमा देवताहरूले गरिरहेका हुँदा नारी लस्त/थकित हुंछे। यस्तो अति महत्वपूर्ण आंतरिक प्रकियामा व्यवधान हुन नदिन, नारीलाई विश्राम दिन र पुरुष-स्त्री संसर्ग वर्जित गर्न शास्त्रले अति आदरपूर्वक न-छुनु भनेको हो। यदि कुनै समाज/परिवारमा कसैले यस्तो अवस्थाका नारीलाई हेय दृष्टिले हेर्छ भने त्यो अशास्त्रीय ब्यवहार भयो र त्यस्ता व्यक्ति अपराधि हुन। महिनावारीको यस्तो अवस्थामा नया अंडा प्रतिस्थापन गर्न शुद्धताको लागि पुरानो अंडा सहित अन्य विकारहरूको निष्काशन हुने प्रक्रिया भैरहेकोले अशुद्ध हुने हुनाले देबी/देबताको मठ/मंदिर नजानु भनेर भनेर शास्त्रले भनेको हो। यसरी "प्रथमेहनि चाण्डाल, द्वितीये ब्रह्मघातिनी, तृतीये रजकी प्रोक्ता, चतुर्थेहनि शुद्ध्यति" भंदै चौंथो दिन शुद्ध हुन शास्त्रले निर्देशन गरेको छ।

स्मरणीय रहोस, चलन-चल्ती/संस्कार भनेको शास्त्र हैन। गुफा बस्नु/छाउपडी प्रथा आदि कुनै मूर्खले चलाएको चलन हो, शास्त्रमा यस्ता प्रथाको उल्लेख छैन, त्याज्य हुन।

सनातन धर्म पूर्ण वैज्ञानिक मनुष्यको एकमात्र धर्म हो, भगवान श्रीकृष्णद्वारा पालित धर्म हो। सनातन धर्मी नारी सनातन धर्मको निर्देशन र शिद्धांतमा अडिग रहन्छिन, अन्य आदिवासी-जंगली, म्लेच्छ, निषाद, यवन, चाण्डाल आदि विभिन्न तल्ला मनुष्य योनिका महिलाहरूलाई शास्त्र निर्देशित उचित पथ निर्देशन गर्छिन, न की उनीहरूका अ-शास्त्रीय, नास्तिक एवं तामसिक क्रियाकलापहरू प्रति आकर्षित हुन्छिन। सनातन धर्मी नारी आफुलाई सनातन धर्मी नारी भएकोमा अति अति गर्ववान्वित महसुस गर्छिन।


Comments


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page