बिर्सेर पनि यी दिशामा मनी प्लान्ट नराख्नुहोस् ।
- Astro Simara
- Oct 8, 2017
- 1 min read

वास्तुशास्त्रमा हरेक विरुवाको लागि एक दिशा निर्धारित छ । यदी सही दिशामा विरुवा लगाइयो भने त्यसबाट पाउन सक्ने फाइदा र फल पाईन्छ । नत्र लगाउनु र नलगाउनुको कुनै अर्थ रहँदैन । यदि हामीले सहि दिशामा बिरुवा लगाएनौ भने त्यसले नोक्सान मात्र गर्छ । जस्तो कि घरमा मनी प्लान्ट लगाउनाले धन र सुख–समृद्धि बढ्छ भनिन्छ । तर त्यसलाई गलत दिशामा लगाईयो भने त्यसको कारण धनको नोक्सान व्यहोर्नु पर्छ ।
कुन दिशामा लगाउँदा नोक्सान पुर्याउँछ । ?
मनिप्लान्टका लागि सबैभन्दा नराम्रो दिशा इशान कोण हो अर्थात उत्तरपूर्व दिशा । यस दिशामा मनिप्लान्ट लगाउनाले धनको वृद्धिको साटो नोक्सान मात्र हुन्छ । यस दिशामा लगाईएको मनि प्लान्टका कारण घरमा धनको साथसाथै घरको मानिसको स्वास्थ्य र सम्बन्धमा पनि नकारात्मक असर पु¥याउँछ ।
कुन दिशामा लगाउनाले फाईदा हुन्छ ?
मनिप्लान्ट लगाउनको लागि दक्षिण पूर्व दिशा सबैभन्दा उत्तम दिशा मानिन्छ । यस दिशामा मनिप्लान्ट रोपे, भगवान गणेशले अमंगलको नाश गर्ने र सुख समृद्धि बढाउने विश्वास छ । यस कारण दक्षिणपूर्व दिशामा मनिप्लान्ट लगाउनाले यसको फल राम्रो र सकारात्क सोच मिल्छ । घरका सदस्यको स्वास्थ्य एवं सम्बन्ध राम्रो हुन्छ र धनको बृद्धि हुन्छ ।
Comentários