top of page

कुन राशि भएका मानिसले कस्तो पहिरन लगाउने ?

  • Writer: Astro Simara
    Astro Simara
  • Oct 8, 2017
  • 2 min read

मेष राशि मेष राशि भएकाहरु भीडमा सधै अलग देखिन चाहने स्वभावका हुन्छन् । जसका कारण बजारमा जे नयाँ फेशन आयो त्यसलाई लगाउन चाहने खालनका हुन्छन् । मेष राशिकालाई चम्कीलो खालको रंग मन पर्छ । फिक्का तथा धमिला खालका रंग मेष राशिका मानिसलाई मन पर्दैन । मेष राशिकाले खास गरेर गुलाबी, रातो विशेष मन पराउँछन् । वृष वृष राशि भएकाहरु फेसन भन्दा आरामदायी कपडा लगाउन मन पराउँछन् । यी राशिभएकाहरुको लागि कपडा नरम भएको चाहिन्छ । जसलाई लगाउन आराम होस्, चाहे त्यो फेसनमा होस् या नहोस् उनीहरुलाई फरक पर्दैन । मिथुन राशिः फेशनमा आएको होस् या नहोस् यी राशि भएकाहरुलाई त्यसको कुनै प्रवाह हुँदैन । यी राशि भएकाहरुलाई कपडा किनेर आफ्नो दराज भर्न पाए पुग्छ । उनीहरु आफूलाई सूट हुने कपडा लगाउन तयार हुन्छन् । मिथुन मिथुन राशि भएकाहरु बजार गएपछि कुनै पनि हालतमा खाली हात फर्कदैनन् । र , किन्छन् पनि त्यस्तो कपडा जो त्यो पसल भरमा एक्स्ट्रा देखिन्छ । कर्कट आफूले लगाउने कपडाको विषयमा कर्कट राशिका मानिस सम्बन्ध जस्तै संवेदनशील हुन्छन् । उनीहरु आफ्नो कपडा बारे धेरै गम्भीर हुन्छन् । उनीहरु आफूलाई राम्रो लागेका हरेक किसिमका कपडा किन्न खोज्ने खालका हुन्छन् । सिंह सिंह राशि भएकाहरुलाई फेसन मन पर्छ । उनीहरु फेसन मात्र नभएर त्यसको क्लालिटीमा पनि विशेष हेक्का राख्छन् । उनीहरुले खोजेको त्यस्तो कपडा लगाएपछि आरामदायी पनि होस् । उनीहरु कपडामा आफू अरुभन्दा कमजोर नभइयोस् भन्ने ठान्छन् । कन्या कन्या राशिका मानिस समझदार खालका हुन्छन् । यीनिहरु चयन गर्ने खालका लुगामा विश्वास राख्दैनन् । यी राशि भएका मानिसले यस्तो कपडा किन्छन् जसको प्रयोग बारबार गर्न सकियोस् । एक पटक लगाएपछि प्रयोग गर्न नमिल्ने वा फेसन गइहाल्ने खालका लूगामा यि राशि भएकाहरुको मन जाँदैन । तुला तुला राशि भएकाहरुलाई शिर देखि पाउसम्म सवै ठिक चाहिन्छ । उनीहरु कपडासँग के म्याच गर्छ, कस्तो गहना, कस्तो जुत्ता सवैलाई मिलाएर लगाउछन् । यी राशि भएकाहरु हल्का रंग मनपराउछन् । वृष्चिक वृश्चिक राशि भएकाहरु आफूले लगाएको कपडालाई अरुले पनि एकपटक हेरुन् भन्ने चाहने खालका हुन्छन् । उनीहरु फेशन अनुसार चलेका तर अलग खालका कपडा लगाउन मन पराउछन् । उनीहरुलाई सधै यो चिन्ताले सताउछकी यस्तो ड्रेस लगाउन जो अरुको भन्दा अलग होस् । धनु यी राशि भएकाहरु समाजिक प्रतिष्ठाप्रति गम्भीर हुन्छन् । उनीहरु यस्तो लुगाको प्रयोग गर्दैनन् जसले सामजिक रुपमा गलत भएको मान्दछन् । यी राशिभएकाहरु लगाउन सहज हुने खालको कपडा राज्दछन् । मकर

धनु राशिको जस्तै मकर राशि भएकाहरु नर्मल खालका कपडा लगाउन मन पराउँछन् । उनीहरु बोरिंग खालका लुगा लगाउन मन पराउदैनन् । यी राशि भएकाहरुलाई यो वा त्यो रंग मन पर्ने वा नपर्ने भन्ने खासै हुन्न तर पनि चम्किला खालका लुगा उनीहरु मन पराउँछन् । कुंभ कुंभ राशि भएका मानिस कलात्मक मानिन्छन् । उनीहरु आफ्नो कला प्रयोग गरेर आम विषय र लुगालाई पनि विशेष बनाउने खालका हुन्छन् । यी राशि भएकाहरु कपडाको मामलामा प्रयोगवादी हुन्छन् । एकपटक यो हेरुन त भन्ने खलका हुन्छन् । मीन धेरै खालका रंगका कपडा आफ्नो अगाडि भए मीन राशिका मानिस खुसी हुन्छन् । कुनै एक रंगमा आएर अड्किन यिनीहरुलाई मन पर्दैन । एकै ड्रेसमा पनि धेरै रंग भएको यिनीहरुलाई मन पर्छ ।


Commentaires


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page