top of page

मृत्यु पछिको पुनर्जन्मबारे यस्तो छ धारणा

  • Writer: Astro Simara
    Astro Simara
  • Oct 5, 2017
  • 3 min read

पृथ्वीमा जन्मने हरेकको मनमा उठ्ने साझा प्रश्न हो यो । जन्मपछि मृत्यु हुन्छ नै । तर, मृत्युपछि के हुन्छ ? अक्सर मानव-मनमा यो जिज्ञासा रहिरन्छ । किनभने, यो यस्तो रहस्य हो जसलाई पृष्टि गर्ने सर्बमान्य आधार र प्रमाणहरु छैनन् । त्यसैले पुस्तौदेखि पुस्तौसम्म यो प्रश्न अल्झीरहेको छ, ‘

आखिर मरेपछि के हुन्छ ?’

विभिन्न धर्म, संस्कार अनुसार यसको आ-आफ्नै व्याख्या छ । कसैले मृत्युपछि आत्मा जीवित रहने बताएका छन् भने कसैले सम्पूर्ण कुरा शरीरसँगै नष्ट हुने भनेको छ । | पुर्नजन्मको कुरा

भगवान कृष्णले भनेका छन्, ‘न यो शरीर तिम्रो हो, न तिमी यस शरीरका हौ । यो शरीर पाँच तत्वले बनेको छ-अग्नी, जल, बायु, पृथ्वी र आकास । एकदिन यो शरीर यहि पाँच तत्वमा विलिन हुन्छ ।’

एक लेखमा उल्लेख अनुसार, शरीर तीन किसिमको हुन्छ, शारीरिक (स्थूल), मानसिक (मनोदेह), बौद्धिक (कारण देह) र सुक्ष्म अहं (महाकारण देह) । व्यक्तिको मृत्युपछि स्थुल शरीर माटोमा विलय हुन्छ । सुक्ष्म शरीर रहन्छ । सुक्ष्म शरीर बिस्मृत भएपछि नै मानिसले दोस्रो शरीर धारण गर्छ ।

अर्को लेखमा के भनिएको छ भने, मृत्युपछि भौतिक शरीरको अस्तित्व समाप्त हुन्छ । तर, अन्य घटक र चेतनाको अस्तित्व बाँकी रहन्छ । भौतिक शरीरका अतिरिक्त मनुष्यका अस्तित्वका अन्य घटक हो, सुक्ष्म शरीर (लिंग देह), जो मनोदेह, कारण देह र महाकाराण देहबाट बनेको हुन्छ । यो सुक्ष्म शरीर भूलोक (पृथ्वी) छाडेर अन्य १३ सूक्षम लोकमध्ये एकमा पुग्छ ।

त्यस लेखमा भनिएको छ, ‘यो ब्रम्हान्डमा १४ लोक छ । यसमध्ये ७ लोक सकारात्क र ६ नकारात्मक । सारमा के बुझिन्छ भने, मान्छेले पृथ्वीलोकमा बाँचुञ्जेल गर्ने कर्मको लेखाजोखाको आधारमा ऊ त्यही किसिमको लोकमा पुग्छन् । जीवनमा साधना गरे, कुनै छलकपट नगरेका, नराम्रो कृत्य नगरेकाहरु सकारात्मक लोकमा पुग्ने बताइएको छ ।

गरुड पुराणले मृत्युपछि आत्मासँग हुने व्यवहारको व्याख्या गरेको छ । त्यहाँ भनिएको छ, ‘जव आत्माले शरीर छाड्छ, आत्मालाई लिन दुई यमदुत आउँछन्, एउटा धर्मात्माको लागि र अर्को पापीका लागि । जसले जीवनमा राम्रो काम गरेका छन्, पृष्यको काम गरेका छन्, उसको प्राण निस्कन गाह्रो हुँदैन । तर, पापीले धेरै पीडा सहनुपर्छ ।

आत्मा जीवित

मृत्युपछि के हुन्छ ? यसमा हरेक धर्मले अलग अलग जवाफ दिएको छ । कुनै धर्मले भनेको छ, मृत्युपछि राम्रो मान्छे स्वर्ग जान्छ, नराम्रो नर्क । अर्कोले भनेको मृत्युपछि मानिस आत्मिक लोकमा आफ्ना पूर्वज भएका ठाँउमा पुग्छन् । फेरी अर्कोले भनेको छ, मृत्युपछि मासिन पाताल लोकमा जान्छन्, जहाँ उनको कर्म लेखिएको हुन्छ ।

यि सबैको सार भनेको मृत्युपछि पनि एक यस्तो अंश हुन्छ, जो जीवित रहन्छ । र, यो सधै अमर हुन्छ ।

सबैकुरा नष्ट हुन्छ

बाइबलले भने मृत्युपछि शरीरसँगै सबैकुरा नष्ट भएर जाने उल्लेख गरेको छ । त्यसमा भनिएको छ, हामी मर्छौ, हाम्रो शरीर माटोमा विलय हुन्छ । शरीरसँगै त्यसभित्र रहेका भावना, कल्पना, चेतना, संवेदना सबै समाप्त हुन्छ । हाम्रो शरीरभित्र कुनै अमर आत्मा हुँदैन ।

के हुन्छ मृत्युपछि

सामन्य व्यक्ति जब शरीर छाड्छन्, सबैभन्दा पहिला उसको आँखामा गहिरो अध्याँरो छाउछ । उसले कुनैपनि किसिमको अनुभव गर्न सक्दैन । केहि समयसम्म केहि आवाज सुन्न सक्छ, दृश्य देख्न सक्छ जस्तो सपनामा हुन्छ । र क्रमस ति सबैकुरा हराउँदै र विलिन हुँदै जान्छ ।

यो गहिरो सुषुप्तिमा केहि मान्छे अनन्तकालका लागि हराउँछन्, कोहि यहि अवस्थाबाट दोस्रो गर्भमा जन्म लिन पुग्छन् । प्रकृतिले उसको भाव, विचार र जागरणको अवस्था अनुसार गर्भ उपलब्ध गराउँछ ।

तर, व्यक्ति स्मृतिवान छन् भने सुषुप्तिमा गएर केहि कुरा सम्झने कोसिस गर्छन् । फेरी ऊ जाग्रत वा स्वप्न अवस्थामा रहेको भेद पाउँदैनन् । यस्ता व्यक्ति त्यसबेलासम्म पुर्नजन्म लिदैनन्, जब उसले पूर्ण रुपले आफ्नो स्मृति गुमाउँदैन । अपवादको रुपमा कसैले स्मृति बाँकी रहदा नै जन्म लिन्छ । उनीहरुलाई पूर्व जन्मको ज्ञान पनि हुन्छ ।

मरेको मान्छेले तर्साउँछ ?

जो व्यक्ति स्मृतिवान, जाग्रत हुन्छ, उसको लागि दोस्रो जन्म कठिनाइ हुन्छ , किनभने प्राकृतिक प्रक्रिया अनुसार दोस्रो जन्म लिनका लागि बेहोश वा स्मृतिहीन अवस्था चाहिन्छ । उनीहरु भूत-प्रेत योनीमा रहन्छन् र केहि समयसम्म गर्भको खोजीमा भौतारिन्छन् ।

कसले राम्रो गर्भ पाउँछन् ?

यसलाई गतिमा बिभाजन गरिएको छ । गति तीन किसिमको हुन्छ, सामान्य गति, सद्गति र दुर्गति । तामासिक प्रवृत्ति वा भड्किलो व्यक्तिलाई दुर्गती प्राप्त हुन्छ, जसको कुनै ग्यारेन्टी हुँदैन कि, कहिले, कहाँ र कसको योनीमा जन्म लिने हो ।


Comments


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page