कुन राशीका मानिसले कुन रंग,,,,,,,,
- Astro Simara
- Oct 5, 2017
- 2 min read
मेष वा वृश्चिक राशी : मेष तथा वृश्चिक
राशीको स्वामी मंगल हुन् । मंगलको रंग रातो हो र उनको पूजा पनि रातो पूजा सामाग्रीले नै हुने गर्छ । त्यसैले मेष या बृश्चिक राशी भएकाले रातो रङसँग होली खेल्नु अति लाभदायक मानिन्छ । यस राशीका मानिसलाई मान सम्मान मिल्ने तथा क्रोधको नियन्त्रण हुन्छ । भूमीलाभ हुन्छ, ऋणबाट मुक्ति मिल्छ ।
वृष र तुला राशी : वृष र तुला राशीको स्वामी शुक्र हुन् । नवग्रह मध्ये शुक्र सबैभन्दा चम्किलो ग्रह हो । वृष र तुला राशी भएका मानिसले होलीमा सेतो रंगको कपडा लगाएर होलीमा पँहेलो र आकाशेरंगको प्रयोग गर्न सक्छन् । यसले बैभव प्राप्ती हुन्छ । विलासितापुर्ण जीवनको आनन्द उठाउन सक्छन् । साथीभाई र परिवारबाट सम्मान मिल्छ ।
मिथुन र कन्या राशी यी दुई राशीका स्वामी बुध हुन् । बुध बुद्धि एवं वाणीसँग सम्बन्धित ग्रह मानिन्छ । ज्योतिषका अनुसार बुध हरियो रंगको प्रतिनिधि ग्रह हो । मिथुन र कन्या राशी भएका मानिसले होलीको दिन विहानै गाईलाई हरियो घाँस खुवाउनु पर्दछ । हरियो रंगसँग होली उत्सव मनाउनु पर्छ । यसको प्रभावले व्यापार एवं जागिरमा सम्मानजक उपलब्धि प्राप्त हुनेछ । मान सम्मान पनि मिल्नेछ।
कर्कट राशी कर्कट राशीको स्वामी चन्द्रमा हुन् । चन्द्रमा मन एवं धनसँग सम्बन्धित ग्रह मानिन्छ । जो पूर्णरुपमा सेतो तथा सफा हुन्छ । कर्कट राशीका मानिसहरुले सेतो फूलले शिवको पुजा गरेर पँहेलो, केशर तथा हरियो रंगसँग होली खेल्दा फलदायी हुन्छ । जसले गर्दा उनीहरुलाई धन तथा सुख बृद्धि हुन्छ । हरियो रंगले शान्ति प्रदान गर्छ । सन्तानको सुख मिल्नेछ साथै समाजमा सम्मान मिल्छ ।

सिंह राशी सिंह राशीको स्वामी सुर्य हुन् । सुर्य सबै ग्रहको पनि स्वामी मान्छिन्छन् । रातो, पँहेलो, बैजनी एवं सुन्तला रंग सुर्यसँग सम्बन्धित रंग हुन् । सिंह राशी भएकाले होलीको दिन विहान सुर्यलाई रातो गुलाव मिश्रित पानीको अर्घ दिएर रातो रंग सँग होली खेल्नु पर्छ । यसले गर्दा अत्यधिक उर्जा प्राप्त हुनेछ । शरीरमा शक्तिको संचार हुन्छ । बुद्धि प्रखर हुनेछ ।
धनु वा मिन राशी धनु एवं मीन राशीका स्वामी गुरु हुन् । गुरुलाई धर्म, शुद्ध आचरण, सात्विक प्रवृति एवं अत्यधिक धन प्रदाता ग्रह मानिन्छ । धनु तथा मीन राशी भएका मानिसहरुले होली दिन विहान भगवान शंकरलाई पँहेलो बेसारको गाँठोले पुजा गर्नु पर्छ । तथा गरीबलाई भोजन गराउनु पर्छ । होलीमा उनीहरुले पँहेलो रंगको प्रयोग गर्नु लाभ हुन्छ । जसले गर्दा उनीहरुलाई मान सम्मान मिल्ने तथा सफलता प्राप्त हुन्छ ।
मकर तथा कुम्भ राशी मकर एवं कुम्भ राशीको स्वामी शनिदेव हुन् । शनि न्यायप्रिय एवं मन्द गतीको ग्रह मानिन्छ । जसको रंग निलो हुन्छ । शनि सात्विक एवं धार्मिक प्रवृत्तिको व्यक्तिलाई कहिले कष्ट दिदैनन् भन्ने मान्यता छ । मकर एवं कुम्भ राशी भएका मानिसहरुले होलीमा नीलो, सेतो, कालो तथा खैरो रंगको प्रयोग गर्दा लाभदायक हुन्छ ।
Comments