top of page

यस कारण खानुस् तुलसी | यस्ता छन् १० चमत्कारिक फाइदा

  • Writer: Astro Simara
    Astro Simara
  • Sep 28, 2017
  • 2 min read

मुटुलाई स्वस्थ राख्छ आफ्नो मुटुलाई सधै स्वस्थ राख्न चाहनुहुन्छ भने नियमित तुलसीको सेवन गर्नुस् । मुटुसम्बन्धी रोगले ग्रसित हुनुहुन्छ भनेपनि प्रत्येक दिन खाली पेटमा दूध र तुलसीको पात सेवन गर्न लगाउनुहोस । तुलसीको प्रयोगले मुटु सम्बन्धी रोग धेरै हदसम्म निको हुन्छ ।

क्यान्सर हुनबाट बचाउँछ तुलसीमा एन्टीबायोटिक तथा एन्टीअक्सीडेन्ट हुने हुँदा क्यान्सर हुनबाट बच्न सकिन्छ । यसलाई दूधमा मिलाएमा नियमित खाने हो भने शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउने काम गर्दछ । यसबाट मानिस जस्तोसुकै क्यान्सरजन्य रोगबाट बच्न सकिन्छ ।

पत्थरीबाट बचाउछ नियमित तुलसी सेवन गर्ने हो भने मृगौलाको पत्थरी (किडनीको स्टोन) हुनबाट जोगाउँछ । यदि तपाईलाई किड्नीको पत्थरी छ भने सधै तुलसी र दूध मिलाएर खाली पेटमा खानुस् केही दिनमै पत्थरी गल्दै जान्छ र पछि दिशामा देखा पर्छ ।

टाउको, घाँटी, छातीको दुखाई एवं खोकी निको पार्छ टाउको दुखेमा निधारमा तुलसीको रस लगाएर हलुका मालिश गर्दा टाउको दुखेकोमा शीघ्र आराम हुन्छ । घाँटी बसेर बोल्नै नसक्ने भएको खण्डमा १०/१२ वटा पात तुलसीको पात र ४/५ दाना मरिच एवं मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बस्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

छातिको दुखाई भएको खण्डमा तुलसीको पात र तोरीको तेल मिसाई पकाउने र त्यसलाई छातीमा, ढाडमा दल्ने गर्दा छातीमा भएको दुखाइ कम हुन्छ ।

तुलसीको रस, अदुवाको रस र मह मिसाई चाट्ने गर्दापनि सुख्खा खोकी ठीक हुन्छ । खकार बढी आउने खोकीमा पनि दिनको ३/४ पटक तातो पानी तुलसीपानी पिउदा पनि खोकी बिस्तारै कम हुदै जान्छ ।

ज्वरो निको पार्छ ज्वरो आफैमा रोग हैन, यो संक्रमणको लक्षण मात्रै हो । सफा तुलसीको पात चपाउनाले एवं तातोपानीमा उमालेर खानाले तुलसीमा हुने एंटीवायोटिकले शरीरमा भएका हानिकारक जीवाणु नाश गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्दछ ।

तनाबबाट मुक्ति मिल्छ प्राय तनावमा रहेर काम गरिरहनु भएको छ भने तुलसीको सेवन गर्नुस् । तनावमा रहनेहरुको लागि तुलसीको प्रयोग धेरै नै आवश्यक छ । तुलसीको पातलाई दूधमा मिलाएर खाएमा डिप्रेशन कम गराई आराम दिलाउँछ । परिवारमा कसैलाई धेरै तनाव भएमा दूधमा तुलसी मिलाएर खान दिनुस सबै निको हुन्छ । तुलसीले डिप्रेशनको हर्मोनहरुलाई कन्ट्रोल गर्ने भएकै कारण तनावबाट मुक्त हुन सहयोग गर्दछ ।

डण्डीफोर निको पार्छ डन्डीफोर, दाग एवं पोतो हुनेहरुले तुलसीको पात वा जरा मसिनो गरी पिस्ने र त्यसलाई लेदो मलमको रुपमा अनुहारमा लगाउने र आधा एक घण्टापछि पखाल्ने गरेमा अनुहारको डण्डीफोर सुक्दै जाने र दाग एवं धब्वाहरु कम हुदै अनुहार सफा बनाउने काम गर्दछ ।

सास स्वच्छ बनाउछ खाना एवं खाजा खाएपछि तुलसीको पात चपाउने र सर लिइरहने गर्दा पनि सास एवं मुख गन्हाउने समस्याबाट छुटकरा पाइन्छ ।

गर्भवतीको लागि फाइदा गर्भमा बच्चा भएको बेलो एमिनिया अर्थात रक्तअल्पता रोक्न गर्भवती महिलाले तुलसीको नियमित सेवन गर्नुपर्छ । दैनिक तुलसीको सेवनले शरीरमा रातो सक्त कोशिकाको सन्तुलन गर्न यसले सहयोग गर्दछ । गर्भवतीलाई थकान हटाउन सहयोग गर्नुको साथै तुलसीमा पाइने भिटामिनले पोषकतत्व पूर्तिको काम गर्दछ । गर्भको विकास गर्न सहयोग गर्नुका साथै विरामी र संक्रमणबाट बच्न आमा र पेटको बच्चा दुबैको लागि सहयोग पुग्दछ ।

यौनशक्ति बढाउछ तुलसीको पात नियमित खाने गर्दा यौन स्वास्थ्यलाई समेत फाइदा पुग्छ । तुलसीमा आरजिनिन नाम गरेको एमिनो एसिड हुन्छ, जसले शुक्रकीटको शक्ति बढाई बाँझोपनको समस्या कम गर्न मद्दत गर्छ ।


Comments


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page