बिहे हुन सकेन ? यी उपाय अपनाउनुस् !
- Astro Simara
- Sep 25, 2017
- 1 min read
यहाँ केही उपाय बताइएको छ जसलाई अपनाउँदा बिहे सुचारु हुन्छ ।
हरेक बुधवार गाईलाई हरियो चारा खुवाउनुस् । पन्ध्र दिनसम्म हरियो चारा हाल्दा खराब ग्रह पनि अनुकूल हुन थाल्छन् ।

बिहे नभएसम्म हरेक सोमवार एक पाउ पहेंलो दाल र सवा लिटर काँचो दूध दान गर्नुस् । विवाहको इच्छा भएका केटा वा केटीले ओच्छ्यानमुनि फलाम राख्नुहुँदैन । बिहेका लागि केटी हेर्न जाँदा दक्षिण दिशातर्फ मुख पारेर बस्नुपर्छ । बृहस्पतिको पूजा र व्रत गर्दा पनि बिहे हुन्छ । बिहीवार केराको बोटको पूजा गर्नुस् र केरा नखानुस् । केही हप्तामै बिहेको कुरा आउँछ । केटी हेर्न जाँदा केटाले रातो लुगा लगाउनुपर्छ । यसले सकारात्मकता उत्पन्न गर्छ । विवाहका सबै बाधा भगाउनका लागि पूर्णिमाको राति वरको रुखको १०८ परिक्रमा गर्नुस् ।
Comentários