top of page

कलियुगको आयू अब कति छ ?

  • Writer: Astro Simara
    Astro Simara
  • Sep 25, 2017
  • 1 min read

धर्म शास्त्र अनुसार ब्रह्माण्डमा चार युग रेहका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्छन् ।

हिन्दु शास्त्रका अनुसार चार मध्येको अन्तिम कलि युग हो । यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ ।

द्वापर युगको अन्त्यपछि शुरु भएको युग नै कलि युग हो । कलि युगको अन्त्यसँगै सारा संसार ध्वंस भई नयाँ संसारको शृजना हुने विश्वास गरिन्छ ।

कलि युग ४ लाख ३२ हजार वर्षको हुने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

सत्य युग चार चरणमा रहेको थियो जसको आयू १७ लाख २८ हजार वर्षको रहेको शास्त्रमा उल्लेख गरिएको छ । त्यस्तै त्रेता युग २ चरणमा रहेको थियो । जसकोआयु १२ लाख ९६ हजार वर्ष रहेको बताइएको छ । तेस्रो युग द्वापर युगका २ चरण रहे जसमा ८ लाख ६४ हजार बर्ष रहेको धार्मिक विश्वास रहेको छ । तर, शास्त्रहरुमा यष्ुगहरुको सयम र वर्षबारे फरक फरक व्याख्या गरिएको छ ।

कलियुगको आरम्भ

१२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।

कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ ।

कल्कि अवतारको कथा यस प्रकार छ

कल्किको रुपमा विष्णु कलियुगको अन्तिममा उपस्थित हुनुहुन्छ भनेर धर्म ग्रन्थहरुमा भनिएको छ। कल्कि अवतार कलियुग र सत्ययुगको संधिकालमा हुनेछ।

यो अवतार ६४ औं कला युक्त हुनेछ। कल्कि पुराणको अनुसार,

विष्णुको अवतार कल्किले देवदत्त नाम गरिएको घोडामा चढेर संसारबाट पापिहरुको विनाश गर्नुहुन्छ र धर्मको पुन स्थापना गर्नुहुन्छ। त्यसपछि कलियुगको अन्त्य हुन्छ र फेरी सत्य युगको प्रारम्भ हुन्छ ।


Comments


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page