top of page

आमा बुवाको आँसु

  • Writer: Astro Simara
    Astro Simara
  • Sep 25, 2017
  • 2 min read

लभर पार्कमा सबै जोडिहरु मस्त छन। सबै जोडिहरु 16 देखि 27 बर्ष उमेरका देखिन्थिये। मस्त प्रेमिहरुको माझमा अर्का ऐक जोडि तेहा पुग्छन। ती जोडि निकै बृद्धअवस्थाका थिऐ। बृद्दाको हातमा ल्यापटप छ। कुनै कुनामा बसिरहेका जोडिको सामु ती बृद्द जोडि पुगेर बिन्ती बिसाउछन।

बृद्द जोडि:- बाबू! हाम्रो लागि ऐउटा फेसबुक ऐकाउन्ट बनाईदेउ। धर्मै हुन्छ तिमिलाइ। आ

युवक:- ल्यापटप ल्याउनु। हजुरले त नेटको लागि मोडियम पनि ल्याउनु भयेको रैछ। म भर्खरै फेसबुक ऐकाउन्ट बनाईदी हाल्छु। (बृद्दले युवकलाई ल्यापटप दिन्छन।)

युवक:- बा! ....... कस्को नाम बाट बनाउने हो ऐकाउन्ट?

बृद्द:- बाबू ! केटिको नाम बाट बनाईदेउ। अनि उमेर 18 देखि 20 राखिदेउ। नन्द

युवक:- (अचम्म पर्दै) हुन्छ बा.....! अनि बा.... प्रोफाईलमा फोटो कस्को राख्नी?

वृद्ध :- बाबू कुनै राम्री मोडलको फोटो राखिदेउ।

फेसबुक आईडी तयार हुन्छ।

युवक:- ल बा! आईडी तयार भयो। अब क-कस्लाई ऐड गर्नी हो? नाम बताउनु। सु

वृद्ध :- बाबू मेरा केही असल छिमेकिहरु छन। नाम दिन्छु। उहा हरुलाई ऐड गरिदेउ। अनि बाबू हाम्रो छोरा र बुहारिलाई पनि ऐड गरिदेउ है।

युवकले सबैलाई ऐड गरि दिन्छन। अनि अचम्म मान्दै वृद्ध लाई सोध्छन।

युवक:- बा! हजुरले किन यसरी केटिको नाम बाट फेक ऐकाउन्ट बनाउनु भयेको? बे

वृद्ध :- (वृद्धले आफ्नो पत्निको हात समाउदै आँखा भ

री आँसु बगाउदै) बाबू हाम्रो मात्र ऐक छोरा छ र अहिले छोरा बुहारी हामी बाट अलग बस्छन। छोरा बुहारिले हामिलाई रुचाउदैनन। हमिलाई कहिल्यै भेट्न पनि आउदैनन। पहिला पहिला कुनै बेला हामिहरु आफै छोरा-बुहारिलाइ भेट्न जान्थियो तर ऐकदिन छोराले हामिलाई यस्तो भन्यो:- हजुरहरु अब देखि यहाँ न आउनुहोला। हजुरहरु आउदा बुढी म सङ रिसाउछे।

अनि तेस दिन देखि हामी तेहा गयेकै छैनौ। हाम्रो नातिले ऐकदिन फोन गरेर भन्यो कि! हजुरबुबा हजुरले फेसबुकमा हेर्नु है। हामी घुम्न गयेको फोटो बाबाले फेसबुकमा हाल्नु भयेको छ। दि

अनि मलाई सोच आयो कि! आजकल सबैले आफ्नो र परिवारको फोटो र हरेक दिनको गतिबिधी फेसबुकमा हाल्छन।

तेसैले फेसबुक बाटै भयेपनी हरेक दिन छोरा-बुहारी र नातिलाई हेर्नको लागि आईडी बनाउन खोजेको हु। अब मैले आफ्नै नाम बाट ऐकाउन्ट बनाये भने छोराले मलाई ऐड गर्दैन। तेसैले केटिको नामको आईडी बनाउन लगायेको हु तिमिलाई।

वृद्ध दम्पत्तिको आखामा आँसु देख्दा र पारिवारिक कुरा सुन्दा युवकको आखामा पनि आँसु आउछ। अनि आँसु पउछ्दै सोच्न थाल्छ..................


Comentarios


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page