top of page

नैॠत्योन्मुखी भूमिको लागि वास्तु सिद्धान्त

  • Writer: Astro Simara
    Astro Simara
  • Sep 19, 2017
  • 1 min read

नैॠत्योन्मुख भूमिमा भवन बनाएर बस्नको लागि निम्न वास्तु सिद्धान्तलाई व्यवहारमा ल्याउनुपर्दछ। यसो गर्नाले निश्चित रूपमा शुभ फल प्राप्त गरिन्छ।

• जमीनको नैॠत्य कोणमा अग्लो भवन अथवा गोलो छाप्रो छ भने त्यसले शुभ फल प्रदान गर्छ।

• यस्तो जमिनको अगाडिपट्टिको भागमा स्थित कोठालाई सुत्ने कोठा अथवा भण्डार घरको रूपमा प्रयोग गर्ने हो भने त्यसले शुभ फल प्रदान गर्छ।

• यसप्रकारको भूमिमा बनाइने भवनको सबै कोठाका कोण समकोण हुनुपर्छ।

• भवनको अगाडिपट्टिको खाली ठाउँ भवनको पछाडिको खाली ठाउँभन्दा कम हुनुपर्छ। ठूलो ढुङ्गा अथवा वृक्षादिको Landscape बनाउने हो भने त्यसले शुभ फल प्रदान गर्छ।

• भवनको नैॠत्य कोणमा भर्‍याङ राख्ने हो भने त्यसले शुभ फल प्रदान गर्छ। तर भर्‍याङ दक्षिण अथवा पश्चिमतर्फबाट माथि उक्लने खालको हुनुपर्छ।

• भवनको नैॠत्य कोणमा गृहस्वामीको शयनकक्ष बनाउनुलाई शुभ मानिएको छ, तर गृहस्वामी व्यवसाय तथा नोकरीमा संलग्न छन् भने गृहको नैॠत्य कोणमा गृहस्वामीको शयनकक्ष कदापि बनाउनु हुँदैन। यस्तो परिस्थितिमा शयनकक्षलाई वायव्य कोणमा बनाउनु उचित हुन्छ। नैॠत्य कोणले पृथ्वी तत्त्वको प्रतिनिधित्व गर्छ।

• यसप्रकारको भूमिको अगाडिपट्टिको भागमा निर्माण कार्य तीव्र गतिले गराउनुपर्दछ, अन्यथा कुनै पनि दुर्घटना हुन सक्दछ।

• भवनको नैॠत्य कोणमा रहेको भाग अग्लो छ अथवा भवनको नैॠत्य कोणमा अग्लो रूख छ भने त्यसले शुभ फल प्रदान गर्छ।

• नैॠत्य कोणमा गोबरको थुप्रो, ठूलो ढुङ्गा आदि वस्तु छन् भने धन लाभ र स्वास्थ्य लाभ हुन्छ। घरका अनुपयोगी सामानलाई त्यसैतर्फ राख्नुपर्छ।


Comentarios


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page