top of page

विश्वकर्माको फोटो पुजाकासाथै असली विश्वकर्मालाई पनि आदर गरौ

  • Writer: Astro Simara
    Astro Simara
  • Sep 17, 2017
  • 3 min read

आज विश्वकर्मा दिवश औजार निर्माण सम्बन्धिका ऋषिको सँम्झनाको दिन । सबै कलकारखाना लगाएत साना निर्माण अनि औजार चलाउनेको विषेस आफनो दिन हो । विश्वकर्मा परापुर्व कालका ठुला ऋषि थिए जसले भवन निर्माण लगायत वायुयान देखि अनेक अस्त्र शस्त्रको निर्माण गरेको कुरा सनातनि साहित्यमा उल्लेख भएको पाइन्छ । यस्ता महान ऋषि आजको कुरा गर्दा ठुला इन्जिनियर हुन । यी महान ऋषि मुनीलाई सम्झनु र त्यस्तै ठुला टुला काम गरेर समाज र देशलाई बिकास तिर लैजाने मिहिनेति हातहरुलाई सम्मान गर्नु आदर गर्नु समाजको दायित्व पनि हो । तर हाम्रो समाजमा यस्ता सिल्पिकारहरुको के कस्तो अवस्था छ भन्ने कुरा धेरैलाई थाह छ र कति त भुक्तभोगी पनि हुनुहोला ।

केहि समय पहिला एकजना विश्वकर्माले आफनो ग्रिल उद्योगमा विश्वकर्माको पुजा गर्न बाहुन बोलाए छन । बाहुन आएर पुजापाठ गरिदिए पछि दक्षिणा बटुलेर हिडन थालेछन । विश्वकर्माजीका आर्य समाजी मित्र पनि त्यहि रहेछन उनले पण्डित जी केहि त प्रसाद खानुस भनेर अनुरोध गरेछन । पण्डितजीले म केहि खादैन भनि उत्तर दिएछन । आर्य समाजी मित्रले सोधेछन पण्डितजी भगवानलाई त प्रसाद भोग लागाउनु भयो के भगवानले स्विकार गर्दछन ? पण्डितले भनेछन किन नगर्नु भगवानले स्विकार गर्नु हुन्छ । आर्य समाजी मित्रले भनेछन भगवानले जब यी बिश्वकर्मा बन्धुले चढाएको प्रसाद ग्रहण गरे पछि तपाईले चाहि किन खान्न भन्नु भयो ? कि तपाइ आफुलाई भगवान भन्दा पनि ठुलो ठान्नु त हुदैन । ती पण्डित रिसले चुर हुदै त्यहाँबाट केहि नबोली प्रसाद नखाइ कनै हिडेछन । यो घटनाले मलाई ज्यादै चिमोटयो । आज देशमा धर्म निरपेक्षतासम्म पुरयाउने यस्तै पण्डाहरुको हर्कत व्यवहार पनि कम जिम्मेवार छैन । आज नेपालका हरेक पार्टिमा हेर्नुस यस्तै पाखण्डि पण्डाहरु कै छोराहरु नै नेता बनेका छन । बाउ हरुले सोझा हिन्दुलाइ ठगेर चुसे छोरा नेताहरु कोहि बामपनथी , कोहि काग्रेस बनेर लाटासोझा जनतालाई जुगाले झै चुसेका छन । यी वाममार्गी पण्डा , बामपन्थीहरु, काग्रेश ईसाइसँग हातेमालो गरेर देशलाई दुर्गती तिर ढकेली रहेका छन ।

समाजमा सिल्पीकारहरुको दयनिय अवस्था मात्र होइन भेदभावको झनै कहाली लाग्दो कुहिएको दुर्बुद्धि बोकेका जातिय ठालुको शोषणले थिलोथिलो पारेको पनि छ । जुनबेला नेपालमा सामजिक छुवाछुत र भेदभाव अन्याय थिएन र जसले जुन सुकै पेशा अपनाय पनि हेयको दृष्टिले हेरिदैन थियो । हाम्रो देशमा एक से एक ठुला ठुला कलाकार लागायत निर्माण कर्मिको उदय भयो र देश बिदेशमा गएर ठुलो ख्याती कमाएका थिए ।

राष्ट्रिय विभुती अरनिको जसले नेपालको निर्माण कलाको चरमोत्कर्षलाई तिब्बत चिनसम्म गएर निर्माण गरे जुन आज पनि चिन गएर हेर्न सकिन्छ । विश्वभर बौद्धका गुम्बा नेपालकै छाने शैली (जसलाई बिदेशमा पेगोडा शैली ) भनिन्छ को ढाचाँमा निर्माण भएका हुन्छन । अरनिकोले बिदेशमा गएर प्रचार नगरेको भए यो निर्माणकला र नेपाली कालीगढहरुको विश्वमा बोलबाला हुन्थेन ।

छुवाछुतले कला, निर्माण सबैमा असर मात्र गरेन यसको बिकासमा पनि ठुलो बाधक बन्न गयो र समाज पतन सँगै सबै पतन हुदै गयो । यदि आज अरनिकोलाई पनि ठुला जातको घरमा पस्न नदिएर बाहिर बसालेर पानी छुन नदिएमा उनको आत्मा कति रुदो हो ? अनि अरनिकोको देशबाट आएको हु भनि चिनमा गएको बेला ठुला जातकाले नाक फुलाउन सरम लाग्छ कि लाग्दैन ?

घरमा बिश्वकर्मा बाबाको ठुलो फोटो राखेर पुजा गर्ने तर असली जीवीत मानव विश्वकर्मा बन्धु घरमा आए पछि चाहि ढोका भन्दा बाहिर राखेर कहि पनि छुन नदिने यो कस्तो पुजा हो? तिनै विश्वकर्माले बनाइ दिएको भाडामा खाना पकाएर खान हुने तर ति बिचरा विश्वकर्मालाई थालमा खाना नदिएर टपरिमा बाहिरै दिने कस्तो अत्याचारको पराकाष्टा हो ।

पुजाको अर्थ आदर र सत्कार हो कागजको फोटोलाई इश्वर मानि शिर निहुराउने अनि समाजलाई अति नै आवश्वक पर्ने हरेक कुरा बनाइ दिने असली विश्वकर्मालाई मन खोलेर अगालौ यहि नै इश्वर प्रतिको अगाध आस्था हो । किनकि इश्वर नै सबैका निर्माता हुन इश्वरको निर्माणलाई हेला गर्नु भनेको इश्वर प्रती अनास्था प्रकट गर्नु हो ।

मनमा कपट भएकालाइ बोलाएर पुजा गरा एभनेर मनलाइ सन्तोष दिनु र आफुलाई ठगाउनु मात्र हो । इश्वरलाई सम्झन संस्कृत नै आउनु पर्दछ भन्ने छैन । प्रसन्न मनले आ३म स्मरण गर्नुहोस । आउछ भने गायत्री मन्त्र अर्थ सहित पाठ गर्नुहोस र इश्वरलाई सम्झनुहोस ।

मानिस ठुलो दिलले हुन्छ जातले हुदैन ।


Comments


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page