top of page

हिन्दु धर्मग्रन्थ र विमान (प्राचीन विमान शास्त्र !!

  • Writer: Astro Simara
    Astro Simara
  • Sep 16, 2017
  • 5 min read

प्राचीन विमानका दुर्इ श्रेणीहरू यस प्रकार थिएः-

मानव निर्मित विमान जुन आधुनिक विमानजस्तै पंखाकाे सहायताले उडान गर्थे।महर्षि भारद्वाजका शब्दमा पक्षिहरूजस्तै उड्ने कारणले वायुयानलार्इ विमान भनिएकाे हाे।वेगसाम्याद विमानोण्डजानामिति ।।

विमानका प्रकार:-

शकत्युदगमविमान (विद्युतबाट चल्ने विमान),

धूम्रयान (धुँवा,वाष्प आदिबाट चल्ने विमान),

अशुवाहविमान (सूर्यका किरणबाट चल्ने विमान),

शिखोदभगविमान (पाराेबाट चल्ने विमान),

तारामुखविमान (चुम्बकीय शक्तिबाट चल्ने विमान),

मरूत्सखविमान (ग्यास इत्यादिबाट चल्ने विमान),

भूतवाहविमान (जल,अग्नि तथा वायुबाट चल्ने विमान)।

आश्चर्यजनक विमान जुन मानव निर्मित त थिएनन् किन्तु तिनीहरूका आकार प्रकार आधुनिक ‘उडन तस्तरी’ जस्तै थियाे।

विमान विकासका प्राचीन ग्रन्थ प्राचीन संस्कृत भाषामा सयाैंकाे संख्यामा उपलब्ध छन् तर अाश्चर्यकाे कुरा के छ भने तिनलार्इ अझैसम्म पनि कुनै आधुनिक भाषामाअनूदित गरिएकाे छैन।भारतवर्षका विद्वानहरूले प्राचीन समयमा जतिबेला विमानकाे अाविष्कार गरेका थिए त्यतिबेला उनीहरूले विमान सञ्चालन तथा हेरचाह गर्ने विधि पनि तयार गरेका थिए । तिनीहरूमध्ये अाज मुश्किलले केहीकाे मात्र अंग्रेजी अनुवाद पनि भेटिन्छ ।

विमान विज्ञान सम्बन्धि केही मुख्य मुख्य ग्रन्थका सारसंक्षेप यसप्रकार छन्ः

१.ऋग्वेदः

मानव मात्रकाे पहिलाे ग्रन्थ याे ऋग्वेदमा कम्तीमा पनि २०० चाेटी विमानकाे वर्णन गरिएकाे छ । तिनमा मूलतः तीनतले, त्रिभुज अाकारका तथा तीनचक्के विमान उल्लेख गरिएकाे छ । सुन, चाँदी तथा फलामका धातुबाट बनेका ती विमानमा तीन यात्रु चढ्न सक्थे भने तिनकाे निर्माण अश्विनीकुमार अर्थात् वैज्ञानिकहरूले बनाएकाे उल्लेख पाइन्छ । वेदमा विमानका अनेक प्रकार वर्णन गरिएकाे छ । त्यसमा अहनिहाेत्र विमानमा दुर्इ इन्जिन तथा हस्त विमान वा हात्ती अाकारकाे विमानमा दुर्इभन्दा धेरै इन्जिन थिए । अर्काे एक विमान किंग फिशर चराजस्तै थियाे भने अन्य जीवका अाकार प्रकारका विमानहरू पनि वेदमा उल्लेख गरिएकाे पाइन्छ । यसमा कुनै सन्देह छैन मानिसले अादिमकालदेखि नै उड्ने प्रेरणा चराहरूबाटै लिएका हुन् ।

यातायातका लागि ऋग्वेदमा वर्णन गरिएका विमानहरूः

जलयानः याे साधन जल तथा वायु दुबै मार्गमा हिंड्न सक्छ ।(ऋग्वेद ६.५८.३)

काराः याे यान पनि जल तथा वायु दुबै मार्गमा चल्न सक्छ ।(ऋग्वेद ९.१४.१)

त्रितालाः याे विमान तीनतले विमान हाे ।(ऋग्वेद ३.१४.१)

त्रिचक्र रथ – याे तीनचक्के विमान अाकाशमा उड्न सक्छ ।(ऋग्वेद ४.३६.१)

वायु रथः रथजस्तै देखिने याे विमान ग्यास वा वायुकाे सहायताले अाकाशमा उड्न सक्ने बताइएकाे छ ।(ऋग्वेद ५.४१.६)

विद्युत रथः याे विमानचाहिँ बिजुलीकाे सहायताले चल्न सक्ने ।(ऋग्वेद ३.१४.१)

२. यजुर्वेदमा पनि विमानकाे उल्लेख गरिएकाे छ जसकाे सञ्चालन प्रणाली अश्विनीकुमारले गर्ने उल्लेख पाइन्छ ।

३.विमानिका शास्त्रः

सन् १८७५ मा भारतकाे एक मन्दिरमा विमानिका शास्त्रकाे एक प्रति भेटिएकाे थियाे । याे ग्रन्थलार्इ भारद्वाज ऋषिले लेखेकाे मानिन्छ भने इ.पू. ४०० वर्ष पुरानाे मानिन्छ र याे महान् ग्रन्थ अंग्रेजीमा अनुवाद भइसकेकाे छ । यस ग्रन्थले अाफूभन्दा अगाडिका ९७ विमानाचार्यहरू तथा २० वटा विमान सम्बन्धि अन्य पुस्तकहरूकाे बारेमा सविस्तार बयान गरेकाे छ । तर दुःखकाे कुरा के छ यसमा भनिएका धेरैजसाे कृतिहरू अहिले लाेप भइसकेका छन् ।

विमानिका शास्त्रमा विमानका बारेमा निम्नलिखित विषयहरू वर्णित थिएः

विमान सञ्चालनका बारेमा जानकारी

उडान समयका सुरक्षा सम्बन्धि जानकारी

चट्याङ तथा हुरी बतासकाे समयमा विमानकाे सुरक्षा गर्ने उपाय

अावश्यकता पर्दा सामान्य इन्जिनकाे सट्टामा साैर्य उर्जाबाट विमान चलाउने विधि अादि । यसबाट के थाहा हुन्छ भने उक्त विमानमा एन्टी ग्रेभिटि क्षेत्रकाे उडान क्षमता पनि थियाे । साथै साे विमानिका शास्त्रमा साैर्य उर्जाबाट विमान चलाउने विषय मात्र हाेइन उर्जा संचित गर्ने प्रविधि पनि व्यवस्था गरिएकाे थियाे । एक विशेष प्रकारकाे शिशाकाे अाठवटा नलीहरूमा साैर्य उर्जा एकत्र गरेर राख्ने विधानकाे बारेमा पुस्तकले प्रकाश त पारेकाे छ तर किताबका कतिपय कुराहरू अझै राम्ररी अध्ययन भइसकेकाे छैन । यस किताबमा जम्मा अाठ भागहरू छन् जसमा विमानलार्इ अागाे तथा टुटफुटबाट बचाउने बारेमा विस्तृत प्रकाश पारिएकाे छ । चित्रहरूकाे प्रयाेगले ग्रन्थलार्इ अाकर्षक बनाएकाे छ । साथै पुस्तकमा ३१ उपकरण र १६ धातुहरूकाे वृतान्त छ। उल्लिखित सबै धातुहरूमा गर्मी खप्न सक्ने विशेषता रहेकाे जनाइएकाे छ ।

४. यन्त्र सर्वस्वः

ऋषि भारद्वाजले नै लेखेकाे यस किताबमा पनि ४० भाग छन् जसमध्ये एक भाग विमानिका प्रकरण भन्ने छ । र, साेही प्रकरणमा १०० विषय तथा ५०० सूत्रहरूमा विमान विज्ञानकाे विशद व्याख्या गरिएकाे छ । यस ग्रन्थमा ऋषि भारद्वाजले विमानलार्इ तीन प्रकारले विभाजन गरेका छन् ः

अन्तरदेशीय विमानः जुन विमान एउटै देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा जाने गर्दछ ।

अन्तर्राष्ट्रिय विमानः जुन विमान एक देशबाट अर्काे देशमा जाने गर्दछ ।

अन्तीर्क्षय विमान ः एक ग्रहबाट अर्काे ग्रहमा जाने विमानलार्इ याे नाम दिइएकाे छ ।

यिनीहरूमध्ये सैनिक विमान विशेष उल्लेख्य थियाे जसका विशेषताहरू विस्तारपूर्वक व्याख्या गरिएकाे छ । उदाहरणका लागि उक्त विमान पूर्णतया अटुट, अागाेबाट सुरक्षित तथा अावश्यकता पर्दा पलभरमा नै एकदम स्थीर हुन सक्ने र शत्रुका नजरबाट गायब हुन सक्ने विशेषताहरूले सुसज्जित थियाे । शत्रुकाे विमानबाट अाउने वार्तालाप तथा अावाज सुन्ने तथा त्यसकाे रेकर्ड गर्न सक्ने गुणले युक्त रहेकाे बताइएकाे छ । साथै शत्रुका विमानका दिशा र दशा पत्ता लगार्इ त्यसमाथि निगरानी गर्न सक्ने, शत्रुका विमानका चालक तथा यात्रीहरूलार्इ दीर्घकालसम्म स्तब्ध गर्न सक्ने क्षमता थियाे । स्वचालित तापमान नियन्त्रण गर्न सक्ने, अावश्यकता अाफैंलार्इ नष्ट गर्न सक्ने, हल्का, उष्णता ग्रहण गर्न सक्ने धातुबाट बनेकाे, अाफ्नाे अाकार सानाे ठूलाे बनाउने क्षमता,अाफ्नाे अावाज पूर्णतया नियन्त्रण गर्न सक्ने, माैसम अनुसार चालक दल तथा यात्रीहरूलार्इ तदनुरूप बदल्न सक्ने अद्भूत क्षमताले युक्त उक्त विमान वास्तवमा कुनै साइन्स फिक्सन लेखकलार्इ पनि अाश्चर्यजनक लाग्ने किसिमकाे थियाे किनभने अाधुनिक कालमा पनि यस्ताे किसिमकाे विमान भनेकाे उडन तस्तरी र अमेरिकी अति अाधुनिक स्टेल्थ फाइटर विमानकाे फ्युजन मात्रै हुन सक्छ ।

यसबाट के बुझिन्छ भने सनातन धर्मका विद्वानहरू जब यति गहन विषयमा प्रकाश पारिरहेका थिए त्याे समयमा बाँकी सारा संसार भने खेती किसानीमा नै मस्त थियाे ।

५.समरांगण सूत्रधाराः

२३० पद्यमा रचिएकाे याे पुस्तकमा विमानकाे उडान, गति, सामान्य तथा अाकस्मिक अवतरण एवं पक्षीहरूकाे दुर्घटनाका बारेमा विस्तृत व्याख्या गरिएकाे छ । प्राय सबै वैदिक ग्रन्थहरूमा विमानकाे अाकार त्रिभुज नै बताइएकाे छ तर यस ग्रन्थमा भने विमानकाे पूर्णतया स्पष्ट र सूक्ष्म ढंगले व्याख्या गरिएकाे छ । यस पुस्तकका अनुसार सर्वप्रथम ब्रह्मा, विष्णु,यम, कुबेर तथा इन्द्रका लागि पाँच प्रकारका विमान बनाइयाे भने त्यसपछि अन्य अतिरिक्त विमान पनि बनाइए । तीमध्ये चार किसिमका विमान यस प्रकार थिएः

रूकमाः याे विमान स्वर्ण रंगकाे थियाे ।

सुन्दरः याे विमान चाँदीबाट बनेकाे थियाे भने हेर्दा सुन्दर रकेटजस्तै थियाे ।

त्रिपुरः त्रिपुर विमान तीनतले थियाे ।

शकुनः याे विमान पक्षी अाकारकाे थियाे ।

यस किताबमा विमान चालकहरूकाे परिशिक्षण, उडान मार्ग, विमानका कलपुर्जा तथा उपकरण,चालक तथा यात्रीहरूकाे पाेशाक तथा लामाे यात्रामा भाेजनलगायतका विषयमा उल्लेख गरेकाे पाइन्छ । यसमा धातुहरूकाे सफा गर्ने विधि, त्यसमा प्रयाेग हुने द्रव्य, विमानमा प्रयाेग गरिने तेल तथा तापमानका विषयमा पनि उल्लेख भएकाे पाइन्छ । विभिन्न किसिमका सात प्रकारका इन्जिनकाे वर्णन ग्रन्थमा छ । साे विमान अाधुनिक हेलिकप्टरजस्तै सीधा माथि जाने तल अाउने तथा दायाँबायाँ गर्न सक्ने क्षमताले युक्त रहेकाे कुरा वर्णन गरिएकाे छ ।

६.कथा सरितसागरः

यस ग्रन्थमा एक हजार यात्रीलार्इ लिएर उड्न सक्ने विमानका सम्बन्धमा चर्चा गरिएकाे थियाे । यहाँ वर्णित विमान मनकाे गतिमा उड्ने क्षमताकाे थियाे । काैटिल्यकाे अर्थशास्त्रका अनुसार सेविकाहरूकाे चर्चा गर्ने सम्बन्धमा ती सेविकाकाे पनि उल्लेख गरिएकाे थियाे जाे अाकाशमा विमान उडाउँथे । काैटिल्यले यसका लागि विशिष्ट शब्दकाे प्रयाेग गरेका छन् । अाकाश युद्धिनाह अर्थात् अाकाशमा युद्ध गर्ने फाइटर पाइलट । चाहे जस्ताेसुकै हाेस् त्याे अाकाश रथ तर त्यसकाे उल्लेख सम्राट अशाेककाे अालेखमा पनि अाएकाे छ । यति समृद्ध सनातन धर्मकाे खुला अाकाशमा यस्ता अनगिन्ती तथ्यहरू छन् जुन हाम्रा ऋषि मनिषीहरूले हजाराैं वर्ष पहिले नै विशद व्याख्या नगरेका हुन् । अावश्यकता छ त केवल अाँखा उघारेर हेर्ने । सनातन धर्मकाे वैज्ञानिक पाटाेकाे बारेमा विशद विवेचना गरिएकाे याे अालेख राजीव दीक्षित अायुर्वेद डट कमबाट नेपालीमा अनुवाद गरिएकाे हाे । कुनै धर्म र संस्कृतिमा यति गहिराेसँग यस्ता गहन विषयमा चर्चा गरिएका ग्रन्थ छन् भने ती हामीसँग मात्र छन् ।


Comments


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page