top of page

आजको राशिफल वि.सं. २०७४ साल भदौ ३१ गते। शनिबार। इश्वी सन् २०१७ सेप्टेम्बर १६ तारिख।

  • Writer: Astro Simara
    Astro Simara
  • Sep 16, 2017
  • 3 min read

शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– एकादशी, १६:१७ बजेउप्रान्त द्वादशी। नक्षत्र– तिष्य, २५:५३ बजेउप्रान्त अश्लेषा। योग– परिघ, २१:२९ बजेउप्रान्त शिव। करण– वालव, १६:१७ बजेदेखि कौलव, २७:१६ बजेउप्रान्त तैतिल। आनन्दादिमा मित्र योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ५:५० बजे, सूर्यास्त– १८:०६ बजे र दिनमान ३० घडी ४० पला। इन्दिरा एकादशी व्रत। एकादशी श्राद्ध

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, मेहनत अनुसारको फल प्राप्ती हुने छ, मानसम्मान मिल्ने समय रहेको छ, बोलिको कदर हुने छ, धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आजको दिन शुभ रहेको छ, कार्य सिद्धिको योग रहेको छ, नया कार्य हात पर्ने छन्, लेनदेनको लागी पनि समय उचित रहेको छ, सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आजको दिन अशुभ रहेको छ, झुटो आरोप आउला, बोलिमा सम्यता अपनाउनु होला, सम्ब न्धमा बाधा आउला, बिवाद बाट टाढै रहनु होल, तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आजको दिन शुभ रहेको छ, दिन रमाइलो रहेको छ, गरेका कार्य बाट लाभ मिल्ने छ, मित्र हरुले साथ दिने छन, कुनै खुशीको कुरा सुनिएला, प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आजको दिन अशुभ रहेको छ, बोलिको उल्टो अर्थ लाग्ने छ, बिवाद बाट जोगिनु होला, चोटपटकको भय रहेको छ, शत्रुले हानी पुराउन सक्ने छ, भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । काममा बाधाअडचन उत्पन्न हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, मेहनत अनुसारको फल प्राप्ती हुने छ, मानसम्मान मिल्ने समय रहेको छ, बोलिको कदर हुने छ, मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आजको दिन अशुभ रहेको छ, जोस र आत्मबल बढेपनी हतार र आबेश ले आँफैलाई हानी होला, कसैको पनि भर न पर्नु होला, बिवाद बाट सतर्क रहनु होला, पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । सँगीसाथी र आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन। बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आजको दिन मद्ध्यम रहेको छ, सम्मानमा कसैले औंला ठडाउन सक्ला, समय निकाल्न अल्ली गाह्रो पर्ने छ, आम्दानिमा कमी आउने छैन, जस पाउन अल्ली गाह्रो पर्ने छ, बन्दव्यापारमा सामान्यतया राम्रै छ । घरमा आफूभन्दा मुनिका नातेदारको समस्यामा रुमल्लिनु पर्ने हुनसक्छ । झैझगडा र विवादमा मध्यस्थता गर्नु पर्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आजको दिन शुभ रहेको छ, सहयोगी हरु बाट साथ मिल्ने छ, मान्यजनको सल्लाह र साथ लिएर अघी बढ्दा लाभ मिल्ने छ, दिन रमाइलो गरी बित्ने छ तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानी गर्न बाध्य हुनुपर्छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आजको दिन शुभ रहेको छ, दिन रमाइलो रहेको छ, गरेका कार्य बाट लाभ मिल्ने छ, मित्र हरुले साथ दिने छन, कुनै खुशीको कुरा सुनिएला, कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आजको दिन अशुभ रहेको छ, मनमा चिन्ताले सताउने छ, खर्चको मात्र बढ्ने छ, गरेका कार्यमा बाधा आउँला, आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आजको दिन शुभ रहेको छ, अरुको आश न गरी आँफै अघी बढ्दा लाभ मिल्ने छ, बिवाद बाट सचेत रहनु होला, कुनै खुशीको कुरा सुनिएला, समय आफ्नो पक्षमा रहने छ, राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ ।


Comments


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page